काठमाडौँ : नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । बैठकको प्रारम्भमा सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एजेण्डा पेस गरेका छन् । एजेण्डामाथि छलफल गर्नका लागि प्रत्येक सदस्यलाई १०–१५ मिनेटको समय छुट्याइएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।
उनका अनुसार छलफल र बहसको आधारमा समय लम्बिन पनि सक्नेछ । बुधबार बसेको पदाधिकारी बैठकले मुख्यतः पाँचवटा एजेण्डा तय गरेको थियो । पछिल्लो समय चर्किंदै गएको अन्तरविरोध हल गर्ने विषयमा विधि र प्रक्रियाबारे बढी छलफल केन्द्रित हुनसक्ने गजुरेलले बताए ।
‘











