काठमाडौं : चक्रे मिलन भनिने मिलन गुरूङसहित १९ जनालाई सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।
पक्राउ परेका ४७ जनामध्ये १९ जनालाई अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न प्रहरीले अनुमति लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सात दिनको म्याद प्राप्त भएको हो। ‘सात दिन म्याद थप भएको छ,’ उनले भने।
म्याद थप हुनेहरूमा चक्रे मिलन, गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप के.सी., राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्र देव कार्की, जित बहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही छन्।
अरूलाई भने हाजिरी जमानीमा छोडिएको हो।











