काठमाडौँ : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार ४८ शाखा अधिकृतको सरूवा गरेको छ ।
मन्त्रालयले शुक्रबार स्थानीय तहमा कामकाज गर्ने गरी अधिकृतहरूको सरुवा गरेको हो । उनीहरूमध्ये केहीलाई प्रमुख प्रशासकीय अधिकृत र केहीलाई शाखा अधिकृतको रूपमा सरूवा गरिएको छ ।














