कलाकार सुलेमान शंकर ‘इकु’लाई पत्नीशोक

२०८२ श्रावण १६, शुक्रबार

काठमाडौं : कलाकार सुलेमान शंकर ‘इकु’लाई पत्नीशोक भएको छ । उनकी ४२ वर्षीया पत्नी सम्झना घिमिरेको साउन १० गते निधन भएको हो ।

अघिल्लो साता निधन भएपनि शुक्रबार मात्र पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरियो । मिर्गौला पीडित सम्झनालाई समस्या भएपछि नजिकको ह्याम्स अस्पतालमा लगिएको थियो । अस्पतालमै उनलाई मृत घोषणा गरियो । सम्झनाले ४ वर्षदेखि मिर्गौला रोगको उपचार गराउँदै आएकी थिइन् ।

शुक्रबार पारिवारिक सदस्यको उपस्थितीमा सम्झनाको अन्त्येष्टि गरियो । गतसाता नै निधन भएपनि छोरा अमेरिकामा रहेकाले फर्किन समय लागेपछि अहिले मात्र दाहसंस्कार गरिएको हो । सम्झना र इकुका एक छोरा र एक छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार