काठमाडौँ : नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक दोस्रो दिन आज शनिबार पनि जारी रहनेछ। दोस्रो दिनको बैठक अहिले बिहान ११ बजे पार्टी कार्यालयमा सुरु भएको प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए।
हिजो शुक्रबार सुरु बैठकमा एजेन्डाहरू प्रस्तुत भइसकेका छन्। शनिबार (आज) ती विषयमा स्थायी समितिका सदस्यहरूले धारणा राख्नेछन।
हरेक सदस्यलाई बोल्न १० मिनेटको समय निर्धारण गरिएको सापकोटाले बताए। बैठकको पहिलो दिन अध्यक्ष प्रचण्डले समसामयिक राजनीति विषयमा ब्रिफिङ गरेका गरेका थिए।





