बागमतीका मुख्यमन्त्री लामाले दिए राजीनामा

२०८२ श्रावण १८, आईतवार

 हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् ।

९ साउन २०८१ मा मुख्यमन्त्रीमा सपथ लिएका बहादुर सिंहले एकवर्ष ९ दिन सरकारको नेतृत्व गरेर आज आइतबार पदबाट राजीनामा दिएका हुन् ।उनी बागमती प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसबाट र तामाङ समुदायको पहिलो हुन् । पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार आफूले राजीनामा दिएको बताए ।

मुख्यमन्त्री लामाले साँझ ६ बजे मुख्यमन्त्री तथा मन्त्रपरिषद् कार्यालय परिसरस्थित प्रदेश सुशासन हलमा पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएका प्रगति विवरण सुनाएका थिए । उनले आफू इमान्दरपूर्वक काम गरेको बताउँदै आफ्नै दलभित्रको प्रपञ्चबाट सरकार छोड्नु परेको बताए । यो घटनाक्रमबाट नभाग्ने पनि लामाको भनाई थियो ।

यस घटनाक्रमले लोकतन्त्र र गणतन्त्रमाथि खतराको संकेत गरेको मुख्यमन्त्री लामाको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार