कञ्चनपुरमा १८ वर्षीया युवती आफ्नै कोठामा मृत भेटिएपछि पति पक्राउ

२०८२ श्रावण १९, सोमबार

काठमाडौँ : कञ्चनपुरमा १८ वर्षीया युवती मृत फेला परेकी छन्। उनको हत्या भएको आशंका माइती पक्षले गरेका छन्। कञ्चनपुरकै बेलडाँडी गाउँपालिका–२ सिहपालकी १८ वर्षीया सम्झना भट्ट आइतबार साँझ झुन्डिएको अवस्थामा घरमै मृत फेला परेकी हुन्।

घटना अनुसन्धानका लागि उनका पति २४ वर्षीय पवन भट्टलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहोराले जानकारी दिए।सम्झनालाई घरमा कुटपिट हुने गरेको र शरिरमा घाउचोटसमेत देखिएको आरोप माइती पक्षको छ। डीएसपी बोहोराले पनि घटना शंकास्पद देखिएको बताए।

सम्झना घरभित्र झ्याल ढोकामा चुकुन लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेको परिवारका सदस्यले बताएका छन्। सम्झना र पवनबीच गत फागुनमा मात्रै प्रेम विवाह भएको थियो । विवाहपछि छोरीलाई ज्वाइँले मानसिक र शारीरिक यातना दिँदै आएको आरोपसमेत माइती पक्षको छ। मृतक किशोरी कक्षा १२ मा अध्ययनरत थिइन्। उनकाे शव पाेस्टमार्टमकाे लागि महाकाली अस्पतालमा राखिएकाे प्रहरीले जनाएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार