काठमाडौं : पाटन उच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीशद्वय सुदर्शनद्व भट्ट र मुनेन्द्र प्रसाद अवस्थीको संयुक्त इजलासले प्रसाईंलाई दुई फरक मुद्दामा धरौटीमा छाड्न आदेश दिएको हो । बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रसाईंलाई २५ लाख रुपैयाँ र राज्यविरुद्धको अपराध अन्तर्गत तीनकुने घटनासम्बन्धी मुद्दामा ३ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको छ ।





