कजारियाको नयाँ शोरूम वीरगन्ज, पर्सामा उद्घाटन

२०८२ श्रावण १९, सोमबार

काठमाडौँ : भारतको नम्बर १ टायल कम्पनी, कजारियाले नेपालको वीरगन्ज, पर्सामा अत्याधुनिक शोरूम उद्घाटन गरेको छ।

जय श्रीराम ट्रेड एण्ड कन्सर्नद्वारा सञ्चालित यस शोरूमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको कम्पनीले जानकारी दिएको छ। उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा नेपाल सरकार खानेपानी मन्त्री प्रदीप यादवको उपस्थिति रहेको थियो ।

समारोहलाई सम्बोधन गर्दै प्रदीप यादवले नयाँ शोरूमको उद्घाटनप्रति आफ्नो उत्साह व्यक्त गरे । उनले भने ‘वीरगंजमा कजारिया जस्तो प्रतिष्ठित ब्राण्डको उपस्थिति गर्वको विषय हो। यो शोरुमले हाम्रो क्षेत्रमा रहेको सम्भावना उजागर गर्नेछ र स्थानीय समुदायका लागि गुणस्तरीय पूर्वाधार र डिजाइन आवश्यकताहरू पुरा गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।’

वीरगंजको प्रमुख क्षेत्र ब्रम्ह चोकमा अवस्थित यो नयाँ शोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदान गर्ने र ग्राहकहरूलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्ने कम्पनीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार