घुससहित सशस्त्र प्रहरी जवान खत्री पक्राउ

२०८२ श्रावण २७, मंगलवार

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही कोटहीमाई गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बल नेपाल बार्डर आउट पोस्ट मझगावामा कार्यरत सशस्त्र प्रहरी जवान यामबहादुर खत्रीलाई घुससहित पक्राउ गरेको छ ।

सीमा पारी भारतबाट भन्सार छली अवैध रुपमा कपडा तथा किराना सामान ल्याउने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग रु १५ हजार घुस लिँदै गरेको अवस्थामा आयोगले निजलाई पक्राउ गरेको हो । आयोगको बुटवल कार्यालयबाट गएको टोलीले खत्रीलाई खोटहीमाई गाउँपालिका–५ बाट पक्राउ गरेको हो ।

आरोपी सशस्त्र प्रहरी जवान खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार