१२ वर्षीया बालिका, २७ र २८ वर्षीया महिला बलात्कृत, तीन जना पक्राउ

२०८२ श्रावण २७, मंगलवार

काठमाडौं : देशका छुट्टाछुट्टै स्थानमा बालिका र महिला गरी तीन जना बलात्कृत भएका छन्। सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाह्रबिसे नगरपालिका-२ सिम्ले बस्ने ३० वर्षीय बुद्ध लामालाई सोमबार प्रहरीले पक्राउ गरेको छ। बुद्धले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

सुर्खेतमा २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा विरेन्द्रनगर नगरपालिका-५ बस्ने ३२ वर्षीय महेन्द्र सुनारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। महेन्द्रले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यसैगरी सुर्खेतमै २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा विरेन्द्रनगर नगरपालिका-१ सोलिघोप्टे बस्ने २३ वर्षीय सुरेश कुमार आचार्यलाई सोमबार प्रहरीले पक्राउ गरेको छ। सुरेशले ती महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। तीनै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार