तामाकोशीमा बेपत्ता वृद्धको खोजी जारी

२०८२ श्रावण २७, मंगलवार

रामेछाप : मन्थली नगरपालिका–७ भुटौली नजिकै ठेडखोला किनारबाट तामाकोशी नदीमा बगरे एक वृद्ध बेपत्ता भएका छन्। भटौलीको मुगिटारका ७६ वर्षीय श्रीवंश कँडेल मंगलबार बिहान तामाकोशी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन्। बिहान १० बजे तिर घरबाट नुहाउन भनी निस्किएका कँडेल बगेर बेपत्ता भएका स्थानीय पाण्डव प्रसाईँले जानकारी दिए।

बिहान नदीमा नुहाएर घर गएका प्रसाईँ पुनः खाना खाएर नदीमा गएका थिए। नदी किनारमा लुगा खोलेर नुहाउन पसेका प्रसाईँ बगेर बेपत्ता भएका हुन्।  घटनाको बारेमा बिहान १०:३० बजेतिर जानकारी आउने बित्तिकै घटनास्थलमा पुगी नेपाल प्रहरी र सशस्त्र प्रहरी खोजीमा जुटेको रामेछापका प्रहरी प्रवक्ता कौशल न्यौपानेले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार