काठमाडौं महानगरद्वारा रवीन्द्र ढाँटलाई २ लाख नगदसहित सम्मान

२०८२ श्रावण २७, मंगलवार

काठमाडौं : म्याट्रिक्स फाइटर नाइट टाइटल जितेर आएका मिक्स्ड मार्सल आट्र्स फाइटर च्याम्पियन रवीन्द्र ढाँटलाई काठमाडौं महानगरपालिकाले सम्मान गरेको छ ।

ढाँटलाई २ लाख रुपैयाँ नगद सहित सम्मान गरिएको हो । ढाँटले भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा बान्टमवेट च्याम्पियनको उपाधि जितेका थिए ।

महानगरले मंगलबार महानगरको कार्यालयमा मेयर बालेन्द्र शाह (बालेन), उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईले ढाँटलाई सम्मान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार