बढुवा भएका १३ डीएसपीको पदस्थापन, को कहाँ ?

२०८२ श्रावण २७, मंगलवार

काठमाडौँ : जनपद प्रहरी समूहतर्फको प्रहरी निरीक्षक(इन्स्पेक्टर) पदबाट प्रहरी नायव उपरीक्षक(डीएसपी) पदमा बढुवा भएका १३ जनाले जिम्मेवारी पाएका छन् ।

गृह मन्त्रालय (सचिवस्तर) गत बुधबारको निर्णयानुसार १३ जना प्रहरी नायव उपरीक्षकहरूलाई आइतबार पदस्थापन गरिएको हो । डीएसपीमा बढुवा भएका बसन्त गौतमलाई लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर,बाँकेमा पदस्थापन गरिएको छ ।

पन्चलाल गोलेलाई नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय ठिमी,भक्तपुरमा पदस्थापन गरिएको छ । होम प्रकाश चौधरीलाई जिल्ला प्रहरी कार्यालय पाल्पामा पदस्थापन गरिएको छ ।

12

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार