काठमाडाैं : गुण्डा नाइके भनेर चिनिएका मिलन गुरुङ उर्फ चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्न आदेश भएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुसालको इजलासले चक्रेसहित १९ जनालाई नै धरौटीमा छाड्ने आदेश दिएको हो । चक्रेसँग राजेश खड्कालाई ३० हजार धरौटीमा छाड्न आदेश दिएको छ ।
तीन जनालाई लाई २० हजार धरौटीमा छाड्न आदेश भएको छ । २० हजार धरौटीमा छाड्न आदेश भएकाहरूमा गणेश बहादुर बोगटी, डिल्लीराज कँडेल र रितिक लामा रहेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले जानकारी दिए ।
१० हजार धरौटीमा छाडिएकाहरूमा निराजन पौडेल, रोशन सुवेदी, सन्दिप केसी, यामु पौडेल, सौरब सुनार, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, राहुल खड्का, उत्तम महर्जन, प्रनिश केट्टेल, राजु परियार, सफल भन्ने सुजल शाही रहेका छन् ।





