काठमाडौँ : वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक दहालको सरुवा गरिएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले महानिर्देशक दहाललाई समावेशी आयोगमा सरुवा गर्ने निर्णय गरेको हो । वाणिज्य विभागमा आएलगत्तै अधिकतम खुद्रा विक्री मूल्य अर्थात् एमआरपी लागू गर्ने र निजी विद्यालयको शुल्कमा अनुगमन अभियान चलाएका दहाललाई लामो समयदेखि सरुवा गर्ने कसरत चलिरहेको थियो ।
गत फागुन अन्तिम साता विभागमा आएका दहाल ३ महिनापछि अनिवार्य अवकाशमा जाँदै थिए । सरकारले ७२ जना सहसचिवको सरुवा गर्दा दहालकाे पनि सरुवा गरिएको हो ।











