प्रधानमन्त्री ओली भारत भ्रमणअघि चिन जाने

२०८२ श्रावण २९, बिहीबार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली अगस्ट ३० मा चीन गएर सेप्टेम्बर ३ मा फर्किने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । शाङ्घाइ सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन उनी त्यता जान लागेको बताइएको छ । अगस्ट ३१ देखि सो सम्मेलन सुरु हुँदैछ ।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओली र त्यहाँका राष्ट्रपति सी चिनफिङ बिच भेटवार्ता हुने तय भएको छ । ओली र सीबिच सेप्टेम्बर ३ मा भेटघाट हुने कार्यक्रम तय भएको परराष्ट्र स्रोतले जनाएको छ ।

सोही कार्यक्रममा भाग लिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि चीन जाँदैछन् । त्यहाँ मोदीसँग पनि प्रधानमन्त्री अ‍ोलीको भेटघाट हुने सम्भावना रहेको  छ । तर अझै त्यसको कार्यतालिका तय भइनसकेको बताइएको छ ।

त्यहाँ अन्य देशका प्रधानमन्त्रीहरू पनि आउने छन् । ओलीसँग विभिन्न देशका प्रधानमन्त्री तथा राष्ट्रप्रमुखसँग पनि साइडलाइन भेटवार्ता हुने बताइएको छ । सम्मेलनमा आउने विदेशी प्रतिनिधिहरूका लागि राष्ट्रपति सीले सेप्टेम्बर ३ मा दिवा भोजको आयोजना गर्ने जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार