नारायणगढ–मुग्लिन सडकमा ट्रकमाथि ढुङ्गा खस्दा ३ जना घाइते

२०८२ श्रावण २९, बिहीबार

काठमाडौँ : चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा माथिबाट खसेको ढुङ्गाले लागेर एक भारतीय ट्रकमा सवार तीन जना घाइते भएका छन्। घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार दिउँसो करिब १:३५ बजे इच्छाकामना गाउँपालिका-५ स्थित तुइनखोला नजिक पहिरोबाट ढुङ्गा खसेको थियो।नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको केए-४३६८८५६ नम्बर प्लेटको भारतीय ट्रकमाथि ढुङ्गा बजारिँदा दुर्घटना भएको हो।

घाइते हुनेमा ट्रक चालक भारत, बैंगलोरका मेगु प्रसाद, उनका छोरा सयद अफिद र सोही ठाउँका नहमान धुनियाँ रहेका छन्। प्रहरीका सूचना अधिकारी रवीन्द्र खनालले घाइते चालक मेगुको अवस्था गम्भीर रहेको र अन्य दुई जनाको अवस्था सामान्य रहेको जानकारी दिए। घाइते तीनै जनाको भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार