मोटरसाइकलले ठक्कर दिँदा ६० वर्षीय वृद्धको मृत्यु

२०८२ श्रावण ३०, शुक्रबार

काठमाडौँ : गए राति सर्लाहीको चक्रघट्ट गाउँपालिका–५ पडरियास्थित भित्री सडकखण्डमा भारतीय बीआर ३० ए जी ५०३७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका ६० वर्षीय बरन बैठाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट सोही ठाउँका २० वर्षीय दिपक मण्डल गम्भीर घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ । दुई पैदल यात्रुलाई ठक्कर दिएपछि मोटरसाइकल पल्टिँदा चालक चक्रघट्ट–१ का २० वर्षीय कृष्ण यादव घाइते पनि भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका बैठाको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको हो । उनको शव पोस्टमार्टमको लागि अस्पतालमै छ । घाइते दुवै युवकको हाल प्रादेशिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार