काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले घटेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले घटेर १ लाख ९६ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार ३ सय ४० रूपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले घटेर २ हजार ३ सय १५ रूपैयाँ कायम भएको छ ।





