चितुवाको छालासहित ५० वर्षीय पुरुष पक्राउ

२०८२ श्रावण ३०, शुक्रबार

दार्चुला : प्रहरीले चितुवाको छालासहित दार्चुलाबाट एक व्यक्तिलाई पक्राउ गरेको छ। शैल्यशिखर नगरपालिका- ३ कर्कलेस्थित मार्मा-गोकुलेश्वर सडक खण्डबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा बैतडी पुर्चौडी नगरपालिका- ७ घर भएका ५० वर्षीय भानसिंह ऐर रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। उनको साथमा रहेको कालो झोला खानतलासी गर्दा चितुवाको छाला फेला परेपछि प्रहरीले पक्राउ गरेको हो।

उनको झोलामा ६ फिट तीन इन्च लम्बाइ भएको चितुवाको छाला बरामद भएको प्रहरीले जनाएको छ। थप अनुसन्धान तथा कारबाहीको लागि ऐरलाई डिभिजन वन कार्यालय दार्चुला पठाइएको पनि प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार