नेपाल लागूपदार्थबाट पीडित छ : प्रधानमन्त्री

२०८२ श्रावण ३०, शुक्रबार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल लागूपदार्थबाट पीडित भइरहेको बताएका छन्। शुक्रबार मधेस प्रदेश प्रहरी कार्यालयको प्रशासनिक भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘आज नेपाल नै लागूपदार्थबाट पीडित भइरहेको छ। हाम्रा बालबालिकाहरू फसाइरहेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘केही पैसाका लागि देशलाई बर्बादीतर्फ धकेल्ने प्रयास भइरहेको छ।’

त्यसमा पनि मधेस प्रदेश अझ सजिलो गरी ड्रक्स भित्रिने र बालबालिका र युवाहरू फसाइने क्रियाकलाप भइरहेको असहज स्थिति देखिएको प्रधानमन्त्री ओलीले बताए।

यस्तै भन्सारबाट उठ्नुपर्ने जति राजस्व नउठेको पनि उनले बताए। ‘भन्सार, बोर्डर खुला छ हाम्रो बोर्डर। त्यसको दुरुपयोग गरेर नाजायज फाइदा उठाउनेलाई रोक्नुपर्ने छ,’ उनले भने। मधेस प्रदेशमा केही सिकायत आइरहेको बताउँदै निर्दोष फसाइने, दोषी उम्काउने किसिमका विषयमा प्रहरीले सचेत हुनुपर्ने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार