कुमारी बैंकका ग्राहकलाई इन्द्रप्रस्थ अपोलो हस्पिटलमा विशेष छुट

२०८२ श्रावण ३१, शनिबार

काठमाडौं : कुमारी बैंक लिमिटेड र भारतको नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पताल (इन्द्रप्रस्थ मेडिकल कर्पोरेशन लिमिटेड)बीच बैंकका ग्राहकहरूलाई विशेष स्वास्थ्य सेवा छुट उपलब्ध गराउने सम्झौता भएको छ।

यस सम्झौता अनुसार, कुमारी बैंकका ग्राहकहरूले अपोलो अस्पतालमा प्राप्त गर्न सकिने विभिन्न उपचार सेवाहरूमा अधिकतम १० प्रतिशतसम्मको विशेष छुट पाउनेछन्। छुट प्राप्त गर्न ग्राहकहरूले बैंकको सेवा प्रमाण (जस्तै: डेबिट/क्रेडिट कार्ड, खाताको विवरण आदि) प्रस्तुत गर्नुपर्नेछ।

विगत २४ वर्षदेखि नेपाली बैंकिङ क्षेत्रलाई सेवा दिँदै आएको कुमारी बैंकले स्वास्थ्य सेवा क्षेत्रलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विशेष प्राथमिकता दिँदै आएको छ। यसै क्रममा, बैंकले देश तथा विदेशका विभिन्न प्रतिष्ठित अस्पतालहरूसँग सम्झौता गरी ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्दै आएको छ।

हाल कुमारी बैंक देशभर ३०२ शाखा, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको छ। बैंकले ग्राहकहरूको जीवनस्तर उकास्ने उद्देश्यले डिजिटल सेवा विस्तारका साथै स्वास्थ्यजस्ता जनसरोकारका क्षेत्रमा समेत उल्लेखनीय पहलहरू गर्दै आएको छ।

बैंकले बदलिंदो समयअनुसार सेवामा निरन्तर सुधार र विस्तार गर्दै लैजाने अठोट व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार