अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालनमा

२०८२ श्रावण ३१, शनिबार

बागलुङ : पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक तीन दिनपछि सञ्चालनमा आएको छ ।

वर्षाका कारण बागलुङ नगरपालिका–१३ कालाखोलामा गत बुधबार बिहान पहिरो झर्दा सडक अवरुद्ध भएको थियो । शुक्रबार साँझ मात्रै सडक खुलाउन सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा बागलुङदेखि बुटवल, पाल्पा, भैरहवा, सुनौलीलगायतका स्थान जाने आउने सवारी रोकिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार