कांग्रेस-एमाले भनेकै भू-माफिया र विचौलियाको पार्टी हो, सरकार विचौलियाले चलाएको छः उपेन्द्र यादव

२०८२ श्रावण ३१, शनिबार

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्तारूढ दल कांग्रेस–एमालेलाई भू–माफिया र विचौलियाको संज्ञा दिएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उनले अहिले विचौलियाहरुले सरकार चलाइरहेको र प्रधानमन्त्रीको बेडरूमसम्मै विचौलियाहरु पुग्नेगरेको बताएका हुन् ।

‘कांग्रेस–एमाले भनेकै भू–माफिया, विचौलियाहरुको राज्य हो । विचौलियाहरुको पार्टी हो । विचौलियाहरुले सरकार चलाएका छन् । विचौलियाहरु प्रधानमन्त्रीको बेडरूममै पुग्छन्,’– उनले भने ।

साथै, उनले सरकारको एकदम ठूलो अहङ्कार र दम्भ रहेको बताए । विचौलियाहरु र भू–माफियाहरुले सरकारमा नाङ्गो नाँच देखाइरहेको उनको आरोप छ । राज्यले विचौलिया र ठगहरुको संरक्षण गरिराखेको उनले बताए । अध्यक्ष यादवले अहिले आएकै अवस्थामा भूमि विधेयक पास हुन नदिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार