जम्मु-कश्मीर बाढी-पहिरो: मृतकको संख्या ६५ पुग्यो, अझै २०० बेपत्ता

२०८२ श्रावण ३१, शनिबार

काठमाडौँ : जम्मु-कश्मीरको किस्तवाड जिल्लाको चासोती गाउँमा गत बिहीबार आएको बाढी-पहिरोमा परी मृत्यु भएकाको संख्या ६५ पुगेको छ। तीमध्ये अहिलेसम्म ३४ जनाको शव पहिचान भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ।

बाढी-पहिरोमा २०० जना अझै बेपत्ता छन्। घाइतेको संख्या १८० पुगेको छ। जसमध्ये ४० जनाको अवस्था गम्भीर छ। बिहीबार (अगस्ट १४) दिउँसो जम्मु-कश्मीरको चासोती गाउँमा भीषण बाढी-पहिरो गएको थियो।

खोज तथा उद्धारका क्रममा आज तेस्रो दिनसम्म ५०० भन्दा बढी व्यक्तिलाई उद्धार गरिएको छ। हजारौँ भक्तजन मचैल माता यात्राका लागि किस्तवाड जिल्लाको पद्दार उप-डिभिजनको चासोती गाउँ पुगेका बेला भीषण वर्षा भई बाढी-पहिरो आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार