काठमाडौं : आइतबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले घटेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार २ सय रूपैयाँ कायम भएकोमा आज ७ सय रूपैयाँले घटेर १ लाख ९५ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला २ हजार ३ सय १५ रूपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर २ हजार ३ सय १० रूपैयाँ कायम भएको छ ।





