सामूहिक बलात्कार आरोपमा वकिल पक्राउ

२०८२ भाद्र १, आईतवार

काठमाडौं : धनुषामा सामूहिक बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। क्षिरेश्वरनाथ नगरपालिका-९ का प्रमोदकुमार राय पक्राउ परेका हुन्। उनी अधिवक्ता हुन्।

उनलाई शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रबाट पक्राउ गरेर शनिबार ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। उनीविरूद्ध एक महिलाले २०८१ माघ १२ मा आफूमाथि सामूहिक बलात्कार गरेको उजुरी दिएकी थिइन्।

उक्त घटना प्रहरीले सुरूमा उजुरी दर्ता गर्न मानेको थिएन। पछि पीडितले उच्च अदालतको आदेश ल्याएपछि साउन २७ गते इलाका प्रहरी महेन्द्रनगरमा जाहेरी दर्ता भएको थियो।

महिलाले तीन जनाविरूद्ध उजुरी दिएकी छन्। अन्य दुई जना फरार रहेको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार