काठमाडौं : बुटवलमा बोलेरो पिकअप जीपको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुटवल बेलबासमा लु १ ज ४४६६ नम्बरको बोलेरो जीपले लु ९ प १६०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार अर्घाखाँची घर भई हाल तिलोत्तमा-४ बस्ने करिब ३५ वर्षका गोकुल अर्यालको मृत्यु भएको हो ।
शनिबार राति ११ बजेतिर मोटरसाइकमा ठक्कर दिएर गाडी फरार छ । फरार चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए । उक्त गाडी सुनवलका सैजिन्द्र कुमार मिस्रीको रहेको डीएसपी रानाले जानकारी दिए ।





