वीरगञ्जमा भीमसेन जात्रा सम्पन्न

२०८२ भाद्र २, सोमबार

वीरगञ्ज : वीरगञ्जका नेवार समुदायले आइतबार साँझ शान्तिपूर्ण रुपमा भीमसेन जात्रा सम्पन्न गरेका छन् ।

नेवा देय दवु वीरगञ्ज महानगर कमिटीका अध्यक्ष सत्यम खड्गीले भीमसेन जात्रा वीरगञ्जका नेवार समुदायले मनाउने एक प्रसिद्ध जात्रा भएको बताए। “यो जात्रा हरेक वर्ष खड्गी समाजको घरबाट निस्किने गर्छ”, उनले भने, ‘‘विर्तामाइ मन्दिरबाट भीमसेन जात्रा सुरु भएर माइस्थान, गहवामाई मन्दिर हुँदै पुनः विर्तामाई मन्दिरमा पुगेर समापन गरिन्छ ।’’

भीमसेनलाई नेवार समुदायले कुलदेवताको रुपमा पूजाअर्चना गर्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार