काठमाडौँ : फिल्म ‘मेरो जुत्ता खोइ’ को नयाँ गीत ‘दिलको ढोका खोलेर’ सार्वजनिक गरिएको छ ।
गीतमा राजेशपायल राई र मेलिना राईको स्वर छ । गीतमा डा.ओमकृष्ण प्रसाईंको शब्द, विकास चौधरीको संगीत र सञ्जय हमालको एरेन्ज छ।गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुरवीर पण्डित, रोहन सेन्चुरी, प्रशान्त मुखिया, रचना शिवाकोटी लगायतको अभिनय छ ।
अनुग्रह फिल्मस, बुलाकी इन्टरटेनमेन्ट र मुखिया फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको गीतमा कमल राईको कोरियोग्राफी छ । कुमार केसी निर्देशित फिल्ममा सुरवीर पण्डित, रोहन सेन्चुरी, प्रशान्त मुखिया, रचना शिवाकोटी अचला अधिकारी, अभय अधिकारी, पिटर खवासलगायतको अभिनय छ ।
प्रेम, विवाह र सामाजिक सम्बन्धको कथामा बनेको फिल्मका प्रस्तुतकर्ता अभय अधिकारी हुन् । निर्मातामा प्रितम मुखिया र अभय अधिकारी रहेका छन् । फिल्मको कार्यकारी निर्माता रोहन सेन्चुरी (डम्बरबहादुर विश्वकर्मा) हुन् । फिल्मको प्रदर्शन मिति जुर्न बाँकी रहेको छ ।





