निजी विद्यालयले पूर्ण छात्रवृत्ति दिने विषय नियमावलीमा राखौँ : शिक्षामन्त्री

२०८२ भाद्र २, सोमबार

काठमाडौँ : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले निजी विद्यालयले पूर्ण छात्रवृत्ति दिने विषय नियमावलीमा राख्ने प्रस्ताव गरेका छन् ।सोमबारको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा मन्त्री पन्तले निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक दिने विषय नियमावलीमा समावेश गरेर जाने सहमति गरेर जान प्रस्ताव गरेका हुन् ।

यो विषयमा आइतबार विवादित विषयमा छलफल गर्न समन्वय परामर्श उपसमितिको बैठक बसे पनि सहमति जुटाउन सकेको थिएन ।निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक दिन नसकिने भनिरहेका छन् । समितिका सदस्यहरूले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक पनि हुनुपर्ने बताइरहेका छन् ।

गत २२ साउनमा बसेको बैठकमा यसबाट आवास र पोशाक झिक्नुपर्ने प्रस्ताव राखिएको थियो । तर सदस्यहरूले नमानेपछि प्रस्ताव पारित हुन सकेको थिएन । यही विषयलाई लिएर निजी विद्यालय सञ्चालकहरूले चरणबद्ध आन्दोलन गरिरहेका छन् । विधेयकमा शिक्षक महासङ्घले पनि असन्तुष्टि जनाएको छ । महासङ्घले पनि भदौको दोस्रो सातादेखि आन्दोलन गर्ने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार