काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य १२ सय रूपैयाँले घटेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज १ हजार २ सय रूपैयाँले घटेर १ लाख ९५ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला २ हजार ३ सय १५ रूपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर २ हजार ३ सय रूपैयाँ कायम भएको छ ।





