काठमाडौं : सत्तारूढ दल नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्ताैलाले संसद्मा उठेको विषयको निरुपण गर्नुपर्ने बताएका छन् ।
मंगलबार सिंहदरबारमा बसेको सत्तापक्षीय दलका प्रमुख सचेतकको बैठकपछि बर्तौलाले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयमा उपयुक्त समयमा निर्णय हुने बताए । “बहस निरन्तर गरिरहनुहुँदैन, यसलाई बिट मार्नुपर्छ, त्यसैले यो विषय उठान भएको हो,” उनले भने ।
प्रमुख सचेतक बर्तौलाले उपसभामुख रानालाई हटाउने प्रस्ताव संसद्मा दर्ता गर्ने निर्णयमा पुगिनसकेको बताए । उपसभामुखको उपस्थितिमा नै यस विषयमा बहस गर्ने उनको भनाइ छ ।
उपसभामुख रानालाई हटाउने तयारीस्वरूप मंगलबार सत्तारूढ दल कांग्रेस र एमालेले सांसदहरूको हस्ताक्षर संकलन गरेका छन् ।





