पूर्वपत्नीलाई निर्घात कुटपिट गर्ने इन्सपेक्टर पक्राउ

२०८२ भाद्र ३, मंगलवार

काठमाडौँ : पूर्वपत्नीलाई निर्घात कुटपिट गरेको आरोपमा एक इन्सपेक्टर पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले इन्सपेक्टर दिनेश गुरुङलाई पक्राउ गरेर अनुसन्धानका लागि ५ दिनको म्याद पाएको छ ।

ललितपुर जिल्ला अदालतले मंगलबार गुरुङमाथि जबरजस्ती करणी र ज्यान मार्ने उद्योग अनुसन्धानका लागि ५ दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपीले जानकारी दिए । उनले हात्तीवनमा रहेको डेरामा गएर पूर्वपत्नी शुभद्रा दाहालमाथि निर्घात कुटपिट गरेको बताइएको छ । प्रहरी प्रधान कार्यालयमा कार्यरत गुरुङले केही समयअघि दाहालसँग सम्बन्ध विच्छेद गरेका थिए । तर आफ्ना बच्चाहरूसँग बस्दै आएकी दाहालमाथि गुरुङले शुक्रबार साँझ मरणासन्न हुने गरी गरी कुटपिट गरेको प्रहरीको भनाइ छ ।

त्यसपछि दाहालले आफूमाथि कुटपिट भएको भन्दै फेसबुकमा फोटो राखेर सहयोगको याचना गरेकी थिइन् । उनले कुटपिटबाट आफू रगताम्मे भएको फोटो समेत सार्वजनिक गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार