अनुचित लेनदेन आरोपमा सिन्धुपाल्चोकका कटुवाल पक्राउ

२०८२ भाद्र ४, बुधबार

 

काठमाडौं : अनुचित लेनदेनको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३४ वर्षीय कविराज कटुवाल छन् । उनलाई मकवानपुरबाट पक्राउ गरेर ललितपुर ल्याइएको छ ।

अनुचित लेनदेनको कसुरमा जाहेरी परेपछि पक्राउ पुर्जी लिएर उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता चक्रराज जोशीले जानकारी दिए ।

उनीविरुद्ध एक व्यक्तिले जाहेरी दिएका हुन् । मकवानपुरबाट पक्राउ परेका उनीविरुद्ध आज अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइने प्रहरीले बताएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार