विधेयकमार्फत भूमिको व्यापारीकरण गर्न खोजेको आभास भयो : रास्वपा

२०८२ भाद्र ५, बिहीबार

 

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूमि विधेयक पारित गर्न सरकारले हतार गर्नुको कारण थाहा पाउन नसकेको बताएको छ ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बोल्दै रास्वपा सांसद अशोक चौधरीले यस्तो बताएका हुन् ।

‘विधेयकमार्फत भूमिको व्यापारीकरण गर्न खोजेको आभास भयो’, सांसद चौधरीले भने ।

समितिको बैठक जारी छ । बिहान १० बजे बोलाइएको बैठक केही ढिला गरी सुरु भएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार