रवि लामिछानेको पक्षमा ३४ लाखले गरे हस्ताक्षर, ६५ लाख आर्थिक संकलन

२०८२ भाद्र ५, बिहीबार

काठमाडौँ : सहकारी ठगी अभियोगमा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा ३४ लाख जनाले हस्ताक्षर गरेका छन्। उक्त पार्टीका प्रवक्ता मनीष झाका अनुसार हस्ताक्षर संकलन जारी रहेको र अहिलेसम्म ३४ लाख जनाले हस्ताक्षर गरेका हुन्।

‘आजसम्म ३४ लाख हस्ताक्षर संकलन भएको छ। साथै अभियानको लागि सहयोग रकम ६५ लाख संकलन भएको छ,’ झाले भने, ‘हस्ताक्षर संकलन अभियान पश्चिमदेखि पूर्वी नेपालको यात्रामा निस्किएको छ।’

रास्वपाले यो यात्रालाई देश यात्रा नाम दिएको छ। उक्त यात्रा बुधबारदेखि कञ्चनपुरबा सुरु भएको हो। यात्राको नेतृत्व रास्वपाका सचिवालय सदस्य दीपक बोहोराले गरेको झाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार