तारकेश्वरमा फरुवा प्रहार गरेर श्रीमतीको हत्या

२०८२ भाद्र ५, बिहीबार

 

काठमाडौं : तारकेश्वर बुधबार राति श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

हत्या आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–१ बस्ने ३३ वर्षीय भीमसेन मग्राती छन् । उनले आफ्नै श्रीमती ३५ वर्षीया शर्मिला मग्रातीको हत्या गरेको आरोप छ ।

विवाद भएपछि फरुवा प्रहार गरेर भीमसेनले श्रीमती शर्मिलाको हत्या गरेको प्रहरीले बताएको छ । भीमसेनलाई राति नै प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले पक्राउ गरेको हो । रासस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार