‘सकम्बरी’ बाट फिल्ममा कमब्याक गर्दै जीवन लुइँटेल

२०८२ भाद्र ४, बुधबार

काठमाडौँ : नाटक ‘शिरीषको फूल’ बाट थियटर डेब्यु गरेका अभिनेता जीवन लुइँटेलले ७ वर्षपछि फिल्ममा पनि कमब्याक गर्ने भएका छन् ।

कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको ‘सकम्बरी’ बाट उनले फिल्ममा कमब्याक गर्ने भएका हुन् । फिल्मका लागि कान्तिपुर फिल्म एकेडेमीले बुधबार जीवनसँग लिखित सम्झौता समेत गरेको छ । अभिनेता अर्पण थापाको समेत अभिनय रहने फिल्मको निर्देशकबारे आउँदो साता जानकारी दिइने एकेडेमीका सीइओ प्रकाश पुरीले बताए ।

तिहारपछि छायाङ्कन हुने फिल्मको अहिले प्रिप्रोडक्सन भइरहेको छ । पारिजातको चर्चित पुस्तक ‘शिरीषको फूल’ का पात्रबाट प्रभावित भएर फिल्म बनाउन लागिएको हो । फिल्ममा जीवनले सुयोगवीर र अर्पणले शिवराजको चरित्र निर्वाह गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार