सरकारी सम्पत्ति दुरुपयोग आरोपमा पूर्वराष्ट्रपति पक्राउ

२०८२ भाद्र ६, शुक्रबार

काठमाडौँ : श्रीलंकका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ परेका छन् ।

उनलाई शुक्रबार नियन्त्रणमा लिइएको हो । सरकारी सम्पत्ति दुरुपयोग सम्बन्धमा आरोपित विक्रमसिंघेलाई पक्राउ गरिएको एएफपी समाचार एजेन्सीले स्थानीय प्रहरीलाई उद्धृत गर्दै जनाएको छ ।

पूर्वराष्ट्रपति विक्रमसिंघे शुक्रबार वित्तीय अपराध जाँच विभागमा बयानका लागि पुगेका थिए । सोही क्रममा उनलाई नियन्त्रणमा लिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार