उपसभामुखलाई अपमानित नगर्न माओवादी सांसद राईको आग्रह

२०८२ भाद्र ६, शुक्रबार

काठमाडौँ : नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले उपसभामुखलाई अपमानित नगर्न आग्रह गरेकी छन् ।

‘उपसभामुखलाई आतंकित र अपमानित गर्ने काम गरिँदैछ । म त्यस्तो गतिविधिको विरोध गर्दछु’ उनले भनिन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । ‘एकातिर दुई महिनादेखि दुई दलले संसद बैठक बहिष्कार गरिरहेछ । अर्कोतिर सरकार साढे दुई वर्ष अगाडिको मिति सार्ने पत्रलाई चटकेले चटक देखाए जस्तो गरिरहेको छ’ उनले कटाक्ष गरिन् ।

उपसभामुख रानाले आफू जाने कार्यक्रममा सहभागी हुन अमेरिका जान लागेका चार जनालाई अन्तर्वार्ताको समय सार्न दूतावासलाई लेखेको पत्र सार्वजनिक भएको थियो ।

त्यसबेला समेत प्रश्न उठेको थियो । पछिल्लो समय कांग्रेस र एमालेका सांसदहरूले उक्त विषय आचरणसँग जोडिएको भनेर यो विषय फेरि उठाउन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार