उत्पीडित वर्गको अधिकारका लागि सङ्घर्ष जारी छ : प्रचण्ड

२०८२ भाद्र ७, शनिबार

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उत्पीडित सबै वर्ग र जातिको अधिकारका लागि आफ्नो पार्टीले लडिरहने बताएका छन्।

शुक्रबार लमजुङ बेँसीसहर नगरपालिका–७ मा तामाङ सांस्कृतिक भवन र सङ्ग्राहालयको उद्घाटन कार्यक्रममा उनले समाजको तल्लो तहका जनताको पक्षमा निरन्तर लागिरहने बताएका हुन्।

अध्यक्ष दाहालले भने, ‘सबै उत्पीडित वर्ग, जाति, समुदायले जुन स्तरको पहिचान र अधिकार पाउनुपर्ने हो, संविधानमा हामीले त्यो ठाउँमा पुर्याउन सकेनौँ। हामी कहीँ न कहीँ केही विषयमा सम्झौता गर्नुपर्‍यो। हामीले त्यतिबेलै भनेका थियौँ, सहमतिमा संविधानसभा घोषणा भए पनि सो वर्ग र जातिका हक, अधिकार पूर्ण रूपमा प्राप्त नहुन्जेल हाम्रो आन्दोलन जारी रहन्छ।’

अध्यक्ष दाहालले तराई र मध्यपहाडी लोकमार्गमा अभियान सञ्चालन गरेर कास्कीमा रोकेको उल्लेख गर्दै यही महिनाको तेस्रो हप्तादेखि पुनः अभियान सुरु गरिने बताए।

तामाङ सांस्कृतिक भवन र सङ्ग्रहालयको उद्घाटनसँगै लमजुङमा तामाङ समुदायको हकहित स्थापित गर्न र जनजातिका पक्षमा देशभर बलियो सन्देश प्रवाह गर्न सफल भएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार