सल्यानमा घरको बार्दलीबाट लडेर एक जनाको मृत्यु

२०८२ भाद्र ७, शनिबार

सल्यान : सल्यानमा घरको बार्दलीबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको छत्रेस्वरी गाउँपालिका ४ झ्याङ्गखानी घर भएका ५६ वर्षीय दयनबहादुर खत्रीको आफ्नै घरको बार्दलीबाट लडेर मृत्यु भएको हो ।

बार्दलीबाट लडेर करिब ९ फिट तल खसेका खत्रीको टाउको, मुख लगायत शरीरका अन्य भागमा चोट लागेको र उपचारको लागि कर्णाली अस्पताल श्रीनगरमा ल्याउदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए ।

उनका अनुसार शुक्रबार राति करिब १ बजेतिर खत्री बार्दलीबाट लडेका थिए । खत्रीको शव अहिले कर्णाली अस्पताल श्रीनगरमा रहेको उनले जानकारी गराए । खत्री रातीको समयमा किन बाहिर निस्केका थिए भन्ने बारेमा खुल्न नसकेको र घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार