दाङमा खोलामा डुबेर एक बालकको मृत्यु

२०८२ भाद्र ७, शनिबार

दाङ : खोलामा डुबेर तुलसीपुरमा एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–११, सुकौराका ६ बर्षीय रमेश चौधरीको शुक्रबार बेलुका घर नजिकैको डुरे खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।

खोलामा डुबेर घाइते भएका चौधरीको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार