प्रचण्डले छाड्दैमा गर्ल्यामगुर्लुम जाने चाँही के हो ? : मिनेन्द्र रिजाल

२०८२ भाद्र ७, शनिबार

काठमाडौ : सत्तारुढ नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति लक्षित गर्दै राजनीति छोड्दा गर्ल्यामगुर्लुम हुने के छ ? भन्दै प्रश्न गरेका छन् ।

आज काठमाडौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रश्न गरेका हुन् । नेपालमा कुनै राजनीतिक दलका नेताले मैले छोडिदिएँ भने सबै गर्ल्यामगुर्लुम झर्छ जस्तो लाग्छ भन्ने अभिव्यक्ति दिएको भन्दै उनले पृथ्वी नै बोकेको जस्तो के छ ? भनेर प्रश्न गरेका हुन् ।

केही दिनअघि एक सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफूले छोड्दा सबै गर्ल्यामगुर्लुम ढल्ने हो की जस्तो लाग्ने गरेको टिप्पणी गरेका थिए । उनले राजतन्त्रमा पुस्तान्तरण हुने तर राजनीतिमा पुस्तान्तरण नभएको बताए । उनले कांग्रेसमा पनि तुवाँलो लागेको बताए । ‘काँग्रेसमा धुलो, तुवाँलो लागेको र पुछ्ने मात्रै काम भयो भने कांग्रेस कांग्रेस जस्तो देखिन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार