काठमाडौं : भुटानमा जारी साफ यू-१७ महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दै छ ।
खेल भुटानको चाङ्लिमिथाङ रङ्गशालामा साँझ नेपाली समय अनुसार पौने ६ बजे सुरु हुनेछ । नेपाल र बङ्गलादेशले हालसम्म समान २ खेल खेल्दा १ जित र १ हार ब्यहोरेको छ । नेपाल भारतसँग ७-० को फराकिलो अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई २-१ गोलअन्तरले हरायो ।
बङ्गलादेशले भुटानलाई पहिलो खेलमा ३-१ ले हराउँदा भारतसँग २-० ले पराजित भयो । अगस्ट ३१ सम्म हुने प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र आयोजक भुटान गरी चार टोली मात्र सहभागी छन् ।











