काठमाडौँ : नेकपा एमालेका नेता महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हुटिट्याउँको जस्तै भ्रम पालेको बताएका छन्।
आफू नभए सवै कुरा गर्ल्यामगुर्लुम ढल्छ कि जस्तो लाग्ने प्रचण्डले बताएसँगै बस्नेतले सामाजिक सञ्जाल मार्फत यस्तो व्यङ्ग हानेका हुन्। दाहालका पछिल्ला अभिव्यक्ति हाँसो उठ्दो श्रेणीमा पर्ने बताउँदै उनले तिनलाई ‘नेसनल जोक’को संज्ञापनि दिए ।
‘हुटिट्याउँ खुट्टा माथि फर्काएर सुत्छ र ठान्छ, ‘मैले आकाश थामेको छु, नत्र खसेर थिचेर मर्छु,’ महेशले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यस्तै किसिमको भ्रम अझै प्रचण्डमा देखिन्छ। उनको पछिल्लो अभिव्यक्ति पनि त्यहीँ हाँसो उठ्दो श्रेणीमा पर्छ। जसलाई नेसनल जोक भन्न सकिन्छ।’






