गोविन्दा र सुनीताबिच कुरा मिल्यो, सम्बन्धविच्छेदबाट पछि हटे

२०८२ भाद्र ८, आईतवार

नयाँ दिल्ली : सम्बन्धविच्छेदको खबरसँगै बलिउड अभिनेता गोविन्दा एकपटक फेरि चर्चामा आएका छन् । उनकी श्रीमती सुनिता आहुजाले बान्द्रा पारिवारिक अदालतमा सम्बन्धविच्छेदका लागि निवेदन दिएको र श्रीमानमाथि अन्य महिलासँग सम्बन्ध राखेको आरोप लगाएको भनिएको थियो । यही विवादबिच गोविन्दाका म्यानेजरले जोडीबिच सबै कुरा ठीकठाक भएको र दुवैले चाँडै बयान जारी गर्न सक्ने बताएका छन् ।

‘सम्बन्धविच्छेदसँग सम्बन्धित जति पनि समाचारहरू बाहिर आउँदैछन्, ती सबै पुराना घटनाहरूमा आधारित छन् । गोविन्द–सुनीताबिच अहिले सबै ठीकठाक छ । यो पुरानो कुरा हो, जुन अहिले फैलिरहेको छ । मलाई निरन्तर फोन आइरहेको छ, तर अहिले जोडीबिच सबै ठीकठाक छ । उनीहरूको कुरा मिलिसकेको छ । चिन्ता लिनुपर्ने कुरा केही छैन, हामी चाँडै आधिकारिक बयान पनि जारी गर्ने छौँ ।’ समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा हालै गोविन्दाका प्रबन्धकले भनेका छन् ।

केही मानिसले यस्ता झूटा कथाहरू फैलाएर फाइदा उठाउन खोजिरहेको पनि ती मेनेजरको भनाइ छ । गोविन्दाका म्यानेजरभन्दा अगाडि उनका वकिल ललित बिन्द्राले पनि सम्बन्धविच्छेदको मुद्दा ताजा नभएको स्पष्ट पारेका थिए । ‘कुनै मुद्दा छैन, सबै कुरा मिलिरहेको छ । यी सबै मानिस पुराना कुराहरू उठाइरहेका छन् । गोविन्दा र सुनिताले परिवारसँग गणेश चतुर्थी मनाउनेछन् । सुनिता यसको तयारीमा व्यस्त छिन्,’ एनडीटीभीलाई दिएको एक अन्तर्वार्तामा उनले भनेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार