काठमाडौँ : कपिलवस्तु, रूपन्देही र बाँकेमा अलग–अलग स्थानमा चार जना पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । कपिलवस्तु, कृष्णनगर नगरपालिका–८ डगरमरूवास्थित पोखरीमा ६७ वर्षीय हरिराम कहार मृत भेटिएका छन् भने बुद्धभूमी नगरपालिका–५ महोमदनगरस्थित पोखरीमा ७० वर्षीय रामनिवास केवट मृत अवस्थामा फेला परेका छन् ।
रूपन्देही, गैडहवा गाउँपालिका–९ गौरीबजार स्थित प्रतिक्षालयमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ८० वर्षीय पुरुष मृत भेटिएका छन् भने बाँके, नेपालगंज उपमहानगरपालिका–४ राप्ती रोडस्थित खाली घरमा हाल नाम, थर र वतन नखुलेका ५० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् । घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षले जनाएको जनाएको छ ।





